गृहसहित चार मन्त्रालय पाउँने खवर आएपछि कमल थापा बालुवाटार दौडिए


“
काठमाडौं, असोज २३ । नेपाली काँग्रेस पार्टी छाडेको एक दशकपछि पुनः मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार आज चार बजे काँग्रेसमै फर्किदै गर्दा राप्रपा अध्यक्ष कमल थापा पार्टीको बैंठक नै स्थगित गरेर बालुवाटार पुगेका छन् ।
नेपाली काँग्रेस र लोकतान्त्रिकबीच आज नै पार्टी एकीकरण हुने पक्का पक्की भएपछि अध्यक्ष थापा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैंठक नै चार घण्टाका लागि स्थगित पारेर प्रधानमन्त्री देउवालाई भेट्न बाुलवाटर पुगेका छन् । स्रोतका अनुसार अध्यक्ष थापाले देउवासँग फोनवार्ता भएपछि गृहसहित चार मन्त्रालय पाउँने जानकारी पाएपछि उनी देउवालाई भेट्न बसिरहेको समितिको बैंठक नै छाडेर बालुवाटार पुगेका हुन् ।
तर, माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाएर सरकार विस्तार गर्न सम्भव नभएपनि देउवाले कानुनी परामर्श रोकेका छैनन् । देउवाले सिट बाँडफाँडका नाममा कमल थापालाई फेरी गृहसहित चार मन्त्रालयको आशा देखाएपछि बैंठक नै छाडेर अध्यक्ष थापा बालुवाटार पुगेको स्रोतले बतायो ।
यता,काँग्रेसले अध्यक्ष गच्छादारलाई आजै पार्टी मर्ज गर्ने भएको छ भने पार्टी एकीकरणका लागि अन्तिम तयारी भइरहेको बताइएको छ । वामपन्थी दलबीचको तालमेल र एकीकरणले इन्तु चिन्तु झैँ बनेका देउवाले आज बिहान गच्छदारलाई निवासमा बोलाएर पार्टी मर्ज गर्न आग्रह गरेका थिए । यससँगै देउवाले गच्छादारले भनेको जति सिट पनि दिने आश्वासन दिएपछि पार्टी एकीकरणको टुङगो लागेको स्रोत बताउँछ ।
०६४ सालको पहिलो सविधान सभाको निर्वाचन अघि कांग्रेस छाडेर मधेसको हक हितका लागि भन्दै मधेशी जनाधिकार फोरममा प्रवेश गरेका उनी दश बर्षपछि फेरि काँग्रेसमै फर्किदैँ छन् ।
“
