राजपा र फोरमले राष्ट्रिय सभामा पनि साझा उम्मेदवार चयन गर्ने

काठमाडौं, माघ ९ । राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमले राष्ट्रिय सभा निर्वाचनमा पनि साझा उम्मेदवार चयन गर्ने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका दुई पार्टीले राष्ट्रिय सभामा पनि मिलेर जाने सहमति गरेका हुन् । दुई पार्टीबीच गएराति मिलेर उम्मेदवार चयन गर्ने सहमति भएको राजपाका महासचिव मनिस सुमनले जानकारी दिनुभयो ।

त्यसका लागि दुवै पार्टीमा आज थप आन्तरिक गृहकार्य गर्ने र भोलीसम्ममा साझा उम्मेदवार चयन गर्ने सहमति भएको महासचिव सुमनको भनाई छ । राजपा र फोरमको छुट्टाछुट्टै बैठक आज बस्दैछ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आज दिनभर छलफल गरि साँझ सम्ममा निश्कर्षमा पुगिने बताउनुभएको छ । दुवै पार्टीमा आज आन्तरिक छलफल पछि भोली सम्ममा साझा उम्मेदवार चयन गरिने यादवको भनाई छ ।

यसैबीच राजपा र फोरमको कँग्रेससंग सहकार्य नहुने संकेत देखिएको छ । राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने भनिएपनि बार्ता सकारात्मक नदेखिएको फोरमका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

यादवले भन्नुभयो, ‘एक हातले मात्रै ताली बज्दैन । हामीले मात्रै प्रयास गर्नुको अर्थ छैन ।’ २ नम्वर प्रदेशमा राजपा र फोरमले ५ सिट मागेका छन् भने कंग्रेसले ४ सिटको प्रस्ताव गरेको छ । यद्यपी राजपा महासचिव सुमनले सहमतिको सम्भावना टरिनसकेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =