पोखरामा मोटरसाइकलको ठक्करले एक घाइते

असाेज २३, कास्की । पोखरा लेखनाथ महानगरपलिका १७ हिमालीटोलमा मोटरसाइकलको ठक्करले एक जना घाइते भएका छन् । ग ५ प ४१०३ न को पल्सर मोटरसाइकलले पैदल यात्री कास्कीको अन्नपूर्ण गाउँपालिकाकी २६ वर्षीय पुनम गुरुङलाई ठक्कर दिएको हो ।

ठक्कर लागेलगत्तै नमस्ते अस्पताल लगिएको उनलाई त्यहाँ उपचार हुन नसकेपछि मणिपाल रिफर गरिएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएका बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =