चर्चित ब्रान्डका यस्तो करतुत

असोज २३, काठमाडाैं । विश्वको चर्चित ब्रान्डको सवारीसाधन नेपाल भित्रने प्रतिस्पर्धा केही समय यता चलेको छ । नेपालमा विभिन्न चर्चित ब्रान्डका निजी साना सवारीसधान खरिद गर्नेको सङ्ख्या नेपालमा दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।

नेपालमा ती चर्चित ब्रान्डमा सवारी भित्र्याउने कम्पनीहरूले विभिन्न अफर दिएर साना सवारीसाधन बिक्रिवितरण गर्ने गरेको भए पनि यस्ता सवारीसाधनमा आउने खराबीका बारेमा भने उनीहरूले सकेसम्म ढाकछोप गरिरहेको पाइन्छ ।

यसपटकको दसैँ अफर भनेर फक्सावागनले आकर्षक पुरस्कार र बम्पर योजना सार्वजनिक गरेको थियो । फक्सावागनले ६ लाखसम्मको नगद छुट, ३२ इन्चदेखि ६४ इन्चसम्मको हात खाली नजाने पानसोनिक टिभी उपहार र २ तोला सुनको बिटल कारको घोषणा गरेर जनता आकर्षित गर्न खोजेको थियो ।

यस्तै निसान कार कम्पनीले पनि आफ्ना सवारीसाधनमा आएको प्राविधिक गडबडीलाई छोप्न स्किम ल्याएको थियो। उनीहरू जनताको सुरक्षाभन्दा पनि आफ्नो व्यक्तिगत फाईदालार्य बढी ध्यान दिइरहेको पाइन्छ ।

निसानद्धारा १२ लाख कार फिर्ता

विश्व चर्चित जापानी निर्माण कम्पनी निासनले करिब १२ लाख बजारमा गईसकेको कार फिर्ता लिने घोषाण गरेको छ ।

४८ लाख ६० हजार फक्सवागन फिर्ता लगिने

फक्सावगनले चीनमा विक्री गरिसकेका करिब ४८ लाख ६० हजारवटा सवारी फिर्ता लिने भएको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *