उम्मेदवारले मतपत्र चपाएपछि…

असोज २३, मकालु खबर । धनुषा स्थित नगराईन नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुर्यनारायण साहले एक मतले हार्ने सम्भावना देखेपछि एउटा मतपत्र चपाउने प्रयास गरेका छन् ।

आइतबार मतदान सम्पन्न भएलगत्तै सुरु भएको मतगणना बदर भनिएको केही मतपत्रबारे पुनर्विचार गर्ने क्रममा एमालेका उम्मेदवारले एक मतको अन्तरले जित्ने देखिएपछि साहले एउटा मतपत्र निलेको आरोप एमालेको छ ।

प्रहरीले भने काँग्रेस उम्मेदवार साहले मतपत्र मुखमा हालेर चपाउनै लाग्दा सुरक्षाकर्मीले निकालेको दाबी गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *