बालिका बलात्कार गरि दुईजना फरार
२०७४ जेठ १५ गते

सिरहा–सिरहाको धनगढीमाई नगरपालीकामा एक बालिका बलात्कार गरेको अभियोग लागेका दुईजना फरार भएका छन् । गाउँकै दुई जना युवकले ती युवती माथि जवरजस्ती करणी गरेर फरार भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी युवती शनिवार राती करिव एक बजे पिसाव फेर्न बाहिर निस्केका बेला दुईजना युवकले नजिकैको उखुवारीमा लगेर जवरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

युवाहरुले एक बजेदेखि नियन्त्रण लिएर विहान ४ बजेतिर मात्र ती किशोरीलाई छोडेको जनाइएको छ । पीडित युवती घरमा आउनासाथ आगनमा बेहोस् भएर लडेपछि घटना सार्वजनिक भएको हो । युवतीको स्थानीय अस्पतालमा उपचार भइरहेको रहेको छ ।
घटनामा संलग्न युवाको खोजीकार्य जारी रहेको गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








