केन्याले नेदरल्याण्डलाई हराउँदा नेपाललाई समस्या

एजेन्सी । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । नेदरल्याण्डले दिएको २ सय २५ रनको लक्ष्य केन्याले ३ बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गरेको हो । जितसँगै केन्या १२ अङ्क सहित चौथो स्थानमा उक्लेको हो । शीर्ष स्थानमा रहेको नेदरल्याण्डको भने प्रतियोगितामा यो दोस्रो हार हो । यसअघि नेदरल्याण्ड नेपालसँग पराजित भएको थियो ।

आइतबार केन्याको राजधानी नाइरोबीमा भएको खेलमा टस हार्दै पहिले ब्याटिङ गरेको डच टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । डब्लू बारेसीले ६९ रन बनाए भने एसजे माइबर्ग ५० रन बनाउँदै आउट भएका थिए । त्यस्तै, रिपोनले ५१ रन जोडेका थिए । केन्याका शेम गोचेले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट हात पारे ।

जवाफमा डीएम गोन्दरियाको ६३ रन र सीओ ओबुयाले ५६ रनको मदतले केन्या २ विकेटले विजयी भयो । जितपछि केन्या १२ खेलबाट १२ अङ्कसहित चौथो स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १८, दोस्रो स्थानका पवुवा न्यूगिनीको १६ र तेस्रो स्थानको स्कटल्याण्डको १५ अङ्क छ ।

१० खेल खेलेका हंगकंग र नेपालको क्रमशः ११ र ८ रन छ । नेपालले हंगकंग विरुदको दुवै खेल जित्नु पर्ने दबाब रहेपनि केन्याको यो जितसँगै केन्याभन्दा राम्रो रन रेट पनि बनाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *