नैनसिंह र नवीना खुसीले गदगद् हुँदा रञ्जित बोल्न सकेनन्

काठमाडौं,असोज २२ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनका पदाधिकारीहरूले उम्मेदवार दिएका छन् ।

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ,नेकपा एमाले निकट अनेरास्वीयु र माओवादी केन्द्रनिकट विद्यार्थी नेताहरुले उम्मेदवारी दिएका हुन् । तर,माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका कुनै विद्यार्थी नेताहरु सिफारिसमा परेका छैनन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महरलाई नेपाली कांग्रेसले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवैको लागि सिफारिस गरेको छ भने नेविसंघकी उपाध्यक्ष उर्मिला थपलिया धादिङ क्षेत्र नम्बर २, नविन राई ओखलढुङ्गा १ नम्बर क्षेत्रबाट र तेज बानियाँ सिन्धुपाल्चोक २ नम्बर क्षेत्रको प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

त्यस्तै, एमालेनिकट अनेरास्ववियुकी अध्यक्ष नविना लामा नेकपा एमालेबाट प्रदेशसभाका लागि काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी छन्। लामासँगै सर्लाही क्षेत्र नम्बर १ बाट अनेरास्ववियू नेतृ राधिका खतिवडा, झापा क्षेत्र ४ बाट तुलसीराम मैनालीलगायतलाई सिफारिस गरिएको छ।

तर, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङको नाम लागि सिफारिसमा परेको छैन । पार्टीसँग उनले आगामी निर्वाचनमा युवालाई बाटो खोलिदिनका लागि प्रस्ताव राखेपनि अस्वीकार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *