सुष्माले `बाई बाई’ नै गर्न नपाई कमल थापाले पो विमान चढे !

काठमाडौँ, माघ १९ । दुइ दिने नेपाल भ्रमणको यात्रामा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई दिइएको दिवाभोजको उपप्रधान तथा उर्जामन्त्री कमल थापाले बहिस्कार गर्दै उल्टै भ्रमणमा निस्केका छन् ।
नेपालमा यस्तो अव्स्थामा विदेशमन्त्री स्वराजको भ्रमण कुटनीतिक दृष्टिले असोचनीय रहेको ठहर गर्दै उनी चितवन हुँदै हेटौँडाको भ्रमणमा निस्किएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा दिइएको दिवा भोजको बहिस्कार गर्दै उनी राजधानी बाहिर हुइकिएका हुन् ।
‘बालुवाटारमा दिइएको दिवाभोजमा उपप्रधानमन्त्री थापापनि निम्त्याइएको थियो । तर,उहाँ यस्तो अवस्थामा म त्यो भोज खान जान सक्दिन भन्दै चितवन जानुभएको छ, काम विशेषले ।’ राप्रपाका एक नेताले फोनमा भने । ती नेताले बताएअनुसार, ‘स्वराजको भ्रमण अनौपचारिक नै थियो । त्यसमाथि सरकार र शीर्ष नेताहरुले त्यसलाई एक विशेष पर्व झै माने । तर, मन्त्री थापा त्यसप्रति असन्तुििष्ट थिए ।’ यही सहन नसकेर मन्त्री थापा आकस्मिक रुपमा चितवनतर्फ उडेका हुन् । ति नेताले बताएअनुसार थापा चितवन हुँदै हेटौंडा जाने कार्यतालिका रहेको छ ।








