समानुपातिक निर्वाचन निर्देशिका पारित, महिलाको ५० प्रतिशत

काठमाडौं, असोज २२ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका पारित गरेको छ । आयोगले यही असोज २९ गते समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने समय तोकिसकेको छ ।

कार्यसूचीअनुसार आयोगले दलितका लागि १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७, खस आर्य ३१.२, मधेसी १५.३, थारु ६.६, मुस्लिम, ४.४ प्रतिशतको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम सिफारिस गर्ने व्यवस्था निर्देशिकामा तोकिएको छ ।

यी सूचीमा कम्तीमा ५० प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था पनि गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्देशिकाले उम्मेदवारको योग्यता पनि निर्धारण गरेको छ । २५ वर्ष पुरा भएको हुनुपर्ने, कानूनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति मात्र उम्मेदवार हुन पाउनेछ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभामा १ सय १० तथा प्रदेशसभामा २ सय २० जना जनप्रतिनिधिको चयन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *