नेकपा एमालेबाट सुनसरी ३ मा चौधरीको नाम सर्वसम्मत

असोज २२, सुनसरी । आउँदो मङ्सिरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) बाट सुनसरी क्षेत्र नं ३ का लागि एमाले नेतृ भगवती चौधरीको नाम सर्वसम्मत भएको छ । पार्टी सङ्गठन क्षेत्रीय समन्वय कमिटीले लामो समयदेखि महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक मुक्ति आन्दोलनमा लाग्नु भएकी नेतृ चौधरीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

सुनसरी ३ दुहवी क्षेत्रबाट दोस्रो संविधान सभाका लागि समेत उम्मेदवार बन्नु भएकी चौधरी तत्कालीन अवस्थामा प्रशासनिय षड्यन्त्रबाट पराजित हुनुभएको थियो । उहाँ त्यति बेला आफ्ना एकमात्र निकटतम प्रतिष्पर्धी फोरम लोकतान्त्रिकका विजय गच्छदारसँग झिनोमतान्तरले पराजित हुनुभएको थियो । करिब २५ वर्षदेखि बाम राजनीति र तराई मधेसका महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था सुधार्न लाग्नु भएकी चौधरी पूर्व वन तथा भू–संरक्षण राज्य मन्त्री समेत भईसक्नु भएको छ । उहाँले व्यवस्थापनमा स्नातक तथा समाजशास्त्रमा स्नात्तकोतर गर्नु भएको छ ।

सुनसरीको दुहवीमा ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) सञ्चालन गरेर २१ हजार महिलालाई सङ्गठित गर्दै हाल दुई लाख १५ हजार सदस्यहरू बनाउन सफल हुनुभएकाे छ । फरवार्ड माईक्रोफाइनान्सले ग्रामीण भेगमा रहेका महिलाहरूको जिवनस्तर उकास्न विभिन्न आयआर्जनका काममा ऋण लगानी गर्ने गरेको छ भने, त्यस्ता महिलाहरूलाई फरवार्ड नेपालले सामाजिक, आर्थिक रूपमा अगाडी बढाउन विभिन्न जनचेतना मूलक काम पनि गर्ने गरेको छ । उहाँले आफ्ना श्रीमान् स्वर्गिय दिनेश चौधरीको स्मृतिमा सामाजिक कामका लागि फाउण्डेशन स्थापना गर्नु भएको छ ।

उनको व्यक्तित्व र सामाजिक कार्यले सुनसरी क्षेत्र नं. ३ दुहवीका जनताले यस पटक उनलाई भारी मतले जिताउने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् भगवती चौधरीको अन्तर्वाता

भगवती चौधरीः महिलाकी मसिहा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *