राप्रपा लमजुङद्वारा उम्मेदवार सिफारिस (नामावली)

लमजुङ, असोज २१ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा लमजुङको शुक्रबार बसेको बैठकले संघ र प्रदेश सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तीन/तीनजना उम्मेदवारको नाम सिफारिस गरेको हो ।

राप्रपाले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री हेमजंग गुरुङ, जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्ल र उपाध्यक्ष ठाकुरप्रसाद गुरुङको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य मदिना खातुन, जिल्ला उपाध्यक्ष रामबहादुर थापा र क्षेत्र नम्बर–१ का अध्यक्ष देवीप्रसाद गुरुङलाई सिफारिस गरिएको पार्टी जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्लले जानकारी दिए ।

राप्रपाले प्रदेशसभा सदस्य उम्मेदवारमा क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ जिल्ला सहसचिव खोमराज विष्ट, राइनास नगर अध्यक्ष राजेन्द्र लौडारी र जिल्ला कार्यसमिति सदस्य बुद्धीजंग गुरुङको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ जिल्ला पूर्वअध्यक्ष शंकरराज विष्ट, महिला संघ पूर्वकेन्द्रीय सदस्य धनमाया गुरुङ र राइनास नगर उपाध्यक्ष खेम गुरुङको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ जिल्ला कार्यसमिति सदस्य नरेन्द्रराज ढुंगाना, क्षेत्र नम्बर–२ का अध्यक्ष पद्मराज खनिया र मध्यनेपाल नगर अध्यक्ष चतुर्भुज घिमिरेको नाम सिफारिस गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ केन्द्रीय सदस्य गोविन्दराज खनियाँ, जिल्ला उपाध्यक्ष रामचन्द्र अर्याल र पार्वती पौडेलको नाम सिफारिस गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *