पुर्वाअञ्चल स्तरीय फुटसल प्रतियोगिता हुने

भरतराज शर्मा, सुनसरी । अल स्टार क्लब धरान १५ बाझगराको आयोजनामा पहिलो पटक सर्वाधिक राशिको पुर्वाअञ्चल स्तरीय खुल्ला नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता मङ्सिर ९ देखि ११ गतेसम्म चल्ने र प्रतियोगिताका सबै खेलहरू धरान १५ स्थित बिग फुटसलको खेल मैदानमा आयोजना हुने धरानको गोर्खा किचनमा आयोजित पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष संजिब तामाङले जानकारी दिए । प्रतियोगितामा ४० देखी ४५ टिमलार्इ सहभागिता गराउने क्लबले जनाएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ७० हजारसँगै ट्र्फि र मेडल प्राप्त गर्नैछन् भने उप विजेताले ५५ हजार सहित ट्र्फि एवम् मेडल पाउने छन् । साथै, सोही प्रतियोगिताबाट उठेको रकम सामाजिक कार्य अन्तरगत धनकुटामा रहेको विश्रानती आश्रममा रहेका बृद्धबृद्धाहरुलाई सहयोग गर्नै तामाङले बताए ।

त्यस्तै, सोही कार्यक्रममा पूर्वका राष्ट्रिय फुटबल खेलाडीहरुलाई सम्मान समेत गरिने छ भने खेलको सम्पूर्ण खर्च करिब ४ लाख लाग्ने सम्मेलनमा आयोजक अल स्टार क्लबका अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =