वाम एकताले तीनतिर भुइँचालो गएपछि मन्त्री महरा काम्न थाले

काठमाडौं, असोज २१ । आज शनिबार नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा गृहमा पार्टी प्रशिक्षण र एमालेले धुम्बाराहीमा पार्टी  स्थायी समिति बैंठक कार्यक्रम चलाउँदा दिल्ली र बेइजिङदेखि ह्वाइट हाउँसमा भुइँचालो गएको छ । असोज १७ गतेको दुइ दलबीचको वाम एकताले अमेरिकासँगै उत्तर र दक्षिणी छिमेकी देशमा भुइँचालो गएको परराष्ट्र मन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रशिक्षण कार्यक्रममा एकतापूर्व नै सचेत रहन निर्देशन दिए ।

‘हाम्रो वाम एकताले दिल्ली, बेइजिङदेखि ह्वाटहाउसमा भुइँचालो गएको छ । जसले विश्वभर नै तरङग पैदा गरेको छ । मैले मन्त्रालबाट यसबारे सूचना पाइसको छु ।।’ पार्टीको केन्द्रीय राजनीतिक प्रशिक्षणमा बोल्दै माओवादी नेता एवम परराष्ट्रमन्त्री महराले यसैगरी भने ।

पार्टी एकता गर्नुअधि धेरै विषयमा छलफल गर्नुपर्ने पनि औल्याए । ‘एमालेले माओविचार भन्छ हामी माओवाद ’ अब कसरी मिलाउँन सकिन्छ त । कि…माओवाद छाँड्नुपर्यो । ’ उनले स्पष्टसँग आफ्नो धारणा राखे,‘ नत्र एमालेले माओवाद स्वीकार गर्नुपर्‍यो।’ वाम एकताले झन्झट धेरै आएको उनको निष्कर्ष थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *