भान्सा मिलेपछि चित्रबहादुर केसीले पनि एमाले नै ताके !
२०७४ जेठ १५ गते

“
काठमाडौ, २१ असोज । बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि आगामी निर्वाचनमा एमालेसँगै चुनावी तालमेल गर्ने तयारी गरेको छ ।
काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले केसीलाई पटक पटक तालमेलका लागि पहल गरेपनि आफूहरुले बामपन्थी दल नै रोजेको अध्यक्ष केसीले बताए ।‘काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले तालमेलका लागि बोलाइरहेको छ तर पार्टीले बाम गठबन्धन नै रोज्छ ।’अध्यक्ष केसीको बोलीचालीअनुसार एमालेसँगै तालमेल हुने संकेत देखिएको छ ।
अध्यक्ष केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने पनि प्रष्ट पारे । भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन नमिल्ने उनले भने । हाल बाम गठबन्धनमा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, नेपाल परिवार दल र केही स्वतन्त्र उम्मेद्धार एकतावद्ध भएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








