काँग्रेस घोषणा पत्र तयारीको काममा केन्द्रित

‘एमाले, माओवादी र नयाँ शक्ति बिचको बाम तालमेल भएपछि नेपाली काँग्रेसलाई पनि लोकतान्त्रिक तालमेल गर्न दबाब छ’

असोज २०, काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र निर्माणको कामको कामलाई तीव्रता दिएको छ ।

नेता महेश आचार्य नेतृत्वको घोषणा पत्र तयारी समितिले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र निर्माणको कामलाई तीव्रता दिएको हो । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुझाव सङ्कलन कार्यक्रम आयोजना गरी समितिका संयोजक आचार्यले घोषणा पत्र निर्माणको कामलाई तीव्रता दिइएको जानकारी दिए ।

काँग्रेसले संविधानको पूर्ण कार्यान्वयन र समृद्धिमा जोड दिएर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्र बनाउने तयारी गरेको छ । संयोजक आचार्यले घोषणा पत्रमा १५ वटा मन्त्रालय र २५ वटा मात्रै मन्त्री रहने गरी सानो र छरितो केन्द्रीय सरकार बनाउने विषय पनि समेटिने जानकारी दिए ।

सुझाव सङ्कलन कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको भावना प्रतिबिम्वित हुने गरी घोषणा पत्र निर्माण गर्न समितिलाई निर्देशन दिए । उनले एमालेसहितका ३ दलले बाम एकता गर्ने निर्णय गरेसँगै मुलुकको राजनीतिक परिस्थिति बदलिएकाले सोही अनुसारको योजना पनि घोषणा पत्रमा उल्लेख गर्नुपर्नेमा सचेत गराए ।

आगामी मङ्सिर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि घोषणा पत्र निर्माणको कामलाई काँग्रेसले तीव्रता दिएको हो । एमाले, माओवादी र नयाँ शक्ति बिचको बाम तालमेल भएपछि नेपाली काँग्रेसलाई पनि लोकतान्त्रिक तालमेल गर्न दबाब छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =