बस र रेल ठोक्किदा मस्कोमा १९ को मृत्यु
२०७४ जेठ १५ गते

“
असाेज २०, मस्को । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ । रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए ।
यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरूले शुक्रवार जानकारी दिएका छन् । स्थानीय समायाअनुसार शुक्रवार बिहानीपख करिब साढे ३ बजे सो दुर्घटना भएको थियो ।
प्राप्त पछिल्लो समाचार अनुसार उक्त दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको क्षेत्रीय स्वास्थ्य सेवाका प्रमुख एलेस्एन्ड्रे किर्युखिनले तास समाचार समितिलाई बताउनु भएको छ ।
गृह मन्त्रालयले प्रकाशित गरेको एक विज्ञप्तिअनुसार यस दुर्घटनामा परी मारिएका व्यक्तिहरूमा बस र रेल दुवैका यात्रुहरु रहेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








