सर्पझैँ बनिरहेकी बालिकाले यसरी पाउँदैछिन् नयाँ जिवन

काठमाडौं, असोज २० । खबर चकित पार्ने खालको छ । एक बालिका, जो सर्पझैँ बनिरहेकी थिइन्, उनले पछिल्लो १५ दिनमै नयाँ जिवन पाउने लक्षण देखिएको छ ।

यो दर्दनाक कहानी ती बालिकाको हो जसको सरीरले सर्पले झैँ काँचूली फेरिरहेको थियो र कत्ला उठिरहेका थिए । उनको सरीर विस्तारै सर्पको छाला जस्तै बनिरहेको थियो । अहिले उनै बालिकाको उपचार सुरु भएको छ र १५ दिनमै उपचारको प्रभाव देखिएको छ ।

कत्लाले ढाकिएको अनुहार निको हुँदैछ । यद्यपि पूरै सरीर निको हुन ३ महिना लाग्नेछ ।

भारतको छतरपूर जिल्लास्थित एक गाउँको हो यो घटना । गाउँकी एक बालिका एरिथ्रोडर्मा नामक रोगबाट पीडित भएर दर्दनाक जिवन जिइरहेकी थिइन् । यो घटनाले इन्टरनेटमा चर्चा पाएसँगै स्पेनको भिक्टोरिया युनिभर्सिटी अस्पतालले पनि थाहा पायो । तत् पश्चात अस्पतालले ती विरामीको उपचार गर्ने इच्छा जाहेर गर्यो । ती बालिकालाई स्पेन पठाइयो बर त्यहाँ उनको उपचार सुरु भयो ।

उपचार सुरु गरेको १५ दिनमै त्यसको प्रभाव देखिएको छ । उनको पूरै उपचारमा झण्डै ६५ लाख रुपैयाँ लाग्ने बताइउको छ । सो सम्पूर्ण खर्च अस्पताल स्वयंले बेहोर्नेछ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *