देवनारायणको बुहारीले भारतीय अदालतमा आज वयान दिदै
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज २० । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकानम्वर २ का देवनारायण यादवकाबुहारी ज्योतीकुमारीले आज भारतीय अदालतमा वयान दिनुहुने भएको छ । भारतको सुपौल जिल्लास्थित बिरपुरको अनु मण्डलीय व्यबहार न्यायलयमा उहाँले बयानदिने कार्यक्रम छ । ज्योतीले वयान दिएपछि भारतीय प्रहरीको नियन्त्रणमा रहेको देवनाराण यादव र उहाँका छोरा अजय यादवलाई रिहागर्ने सम्भावना रहेको सप्तरीको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।
ज्योतीलाई वयान दिन गत मंगलवार देखि निरन्तर रुपमा पठाइरहेको उहाँले बताउनुभयो । तर भारतीयपक्षले दुखदिने काम गरेको ज्योलीले गुनासो गर्नुभएको छ । वयानको लागीबोलाएर न्यायिक अधिकारीहरुले मुद्दा लम्ब्याउने काम गरिरहेको उहाँले बताउनुभयो । देवनारायणका छोरा अजयले जवरजस्ती वालविवाह गरेको आरोप लगाउँदै भारतीयपक्षले मुद्धा दायर गरेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








