दसैंमा १० हजारलाई कारबाही: मापसेमा भेटिए १२ सयभन्दा बढी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“काठमाडौं, असोज २० । उपत्यकामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका छन् ।
ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरु पक्राउ परेका हुन् । आजको नागरिकमा यो खबर छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार,
-मापसे गरी सवारी चलाउने एक हजार दुई सय ५६ जना
-लेन मिच्ने एक सय ९६
-लामो दूरीका लागि धेरै भाडा असुल्ने ५३ जना
-टिकटको बिचौलिया गर्ने ३४ जना
-ट्याक्सीमा मनोमानी भाडा असुल्ने ८८ जना
-रुट इजाजत नलिइ सवारी चलाउने २१ जना
-सिटबेल्ट नबाँधी सवारी चलाउने ४८ जना र
-ढोका खुल्लै राखेर सवारी चलाउने २६ जना कारबाहीमा परेका हुन् ।
यस अवधिमा चार जनाको ज्यान गएको छ । गत बर्षको दसैंका बेला भने १० जनाको ज्यान गएको थियो ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित