तीन जनामध्ये कस्ले बाजी मार्ला नेप्सेको महाप्रवन्धकमा ?

काठमाडौँ, असोज १९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को महाप्रवन्धकमा तीन जनाको नाम छनौंट भएको छ। अर्थमन्त्रालयले अन्तर्वार्ता, प्रिजेन्टेशन, अनुभव लगायतका आधारमा तीन जनाको नाम छनौंट गरेको हो। अर्थमन्त्रालयका अनुसार चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवाली छनौंट भएका छन्। छनौंट भएकामध्ये एकजनालार्इ मन्त्रीपरिषद्ले महाप्रवन्धकमा नियुक्त गर्नेछ।

अर्थमन्त्रालय सहसचिव उत्तरकुमार खत्रीका अनुसार छनौंट कार्यविधिका आधारमा सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम छनौंट गरिएको हो। ‘हामीले अन्तर्वार्ता र कार्यविधिका आधारमा तीन जनाको नाम छनौंट गरेका छौं। अब बस्ने मन्त्रीपरिषद् बैठकले नेप्सेको महाप्रवन्धक नियुक्त गर्नेछ’ उनले भने।

पाँच जनामध्ये नेप्सेकै प्रविन पन्दाक र नेप्सेका पूर्व महाप्रवन्धक सीताराम थपलिया भने महाप्रवन्धकको दौडबाट वाहिरिएका छन्। छनौंट भएका तीनै जना आआफ्नो क्षेत्रमा अनुभवी मानिन्छन्।

चन्द्रसिंह साउद
सुदूरपश्चिमको बैतडीमा आठ कक्षासम्म अध्यन गरेका साउदले महेन्द्रनगरबाट प्रवेश परीक्षा उतिर्ण गरेका हुन्। पशुपति क्याम्पस चावहिलबाट आईकम गरेका साउदले व्यवस्थापनमा स्नातक गरेका हुन्। उनले एमबिएस मीनभवन क्याम्पसबाट गरेका छन्। सुरुवाती चरणमा उनले शिक्षा पेशा अंगालेका थिए। स्नाकोत्तर गरेपछि उनले कलेज पढाउन थालेका हुन्। उनले अध्यापनलार्इ अहिले पनि निरन्तरता दिइरहेका छन्।

नेपाल इन्स्योरेन्स कम्पनीमा साउदले २४ वर्ष काम गरेका छन्। उनी २०५१ सालमा छैटौं तहमा प्रवेश गरि प्रमुख कार्यकारी अधिकृत हुँदै ०७३ मा अवकास पाएका हुन। साउद अहिले चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्टका अध्यक्ष छन्।

प्रमोदराज शर्मा
तीन जनाभित्र परेका अर्का प्रतिष्पर्धी प्रमोदराज शर्मा त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन्। शर्मा २१ वर्षदेखि शिक्षण पेशामा छन्।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका बिबिए, एमबिए कार्यक्रममा वित्तीय व्यवस्थापन, मानव स्रोत व्यवस्थापन, रणनीतिक व्यवस्थापन लगायतका बिषयमा अध्यापन गराउँदै आएका छन्। उनले भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशक भएर काम गरिसकेका छन्।

शर्माले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको ुयुथ बिजन २०२५ु र ुयुवा नीति पुनरावलोकनु ड्राफ्ट समितिमा रही काम गरेका छन्। उनले बिबिए, बीबीएस र एमबिएका लागि पुस्तक समेत लेखेका छन्। उनले १५ वर्षदेखि पूँजी बजारलार्इ नजिकबाट नियालेको दाबी गर्छन्।

मनोजकुमार ज्ञवाली
महाप्रवन्धको दौडमा मनोज ज्ञवाली पनि बलिया प्रतिस्पर्धी हुन्। उनी ज्योती विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन्।

नेपाल राष्ट्र बैंकको लगानी शाखामा सहायक निर्देशकका रुपमा पाँच वर्ष बिताएका ज्ञवालीले ग्लोबल आईएमइ बैंकमा सात वर्ष काम गरेका छन्। प्रमुख वित्त अधिकृतका रुपमा काम गरेका ज्ञवालीले ग्लोबल अईएमइ क्यापिटलमा प्रबन्ध संचालकको समेत अनुभब बटुलेका छन्। ग्लोबल आइएमई क्यापिटलले ल्याएको पहिलो सामूहिक योजनाका योजनाकार पनि हुन् ज्ञवाली। चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली पछिल्लो समय विद्यावारिधीका लागि अध्ययन गरिरहेका छन्। बिजमाण्डू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *