भक्तपुरमा आगलागी हुदा ४ लाख बराबरको धनमाल जलेर नष्ट
२०७४ जेठ १५ गते

“
काठमाडौं, असाेज १९ । भक्तपुरको कुमाचो मालपोत कार्यालय नजिकैको एक खाजाघरमा गएराति आगलागी हुँदा ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कृष्णबहादुर राईले सञ्चालन गर्दै आएको रेदिहाङ खाजा पसलको ग्यास सिलिन्डर लिग भएर बिहान ०२ः५० बजे आगलागी भएको हो ।
आगलागीबाट खाजा पसलमा रहेको ५ थान ग्यास सिलिन्डर, १ थान फ्रिजलगायत किचनमा रहेका सामानहरु जलेर नष्ट भएका छन् । आगलागीबाट बा.८५ प ४२३८ नम्बरको मोटरसाइकल र २ खानेपानी ट्यांकीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागी समयमै नियन्त्रणमा आएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ । आगलागीको खबर पाएलगत्तै महानगरीय प्रहरी वृत जगाती, भक्तपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोली, दमकल र स्थानीयबासिन्दाको संयुक्त पहलमा आगो लागेको ४० मिनेटपछि नियन्त्रणमा लिइएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








