डा. गोविन्द केसीको अनसन आजबाट फेरि सुरु
२०७४ जेठ १५ गते

“
काठमाडौं, असाेज १९ । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ । अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उहाँले बताउनुभएको छ ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थाल्नुभएको थियो । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उहाँले फूलपातीका दिन अनसन स्थगित गर्नुभयो ।
त्यसबेला नै उहाँले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताउनुभएको थियो। त्यस अनुसार उहाँ अनसन बस्न लाग्नुभएको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसक्नुभएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








