प्रचण्डजी ! एमालेसँग तालमेल नगर्नुस्, फेरि नयाँ प्रधानमन्त्री बनाउँला नि

काठमाडौं, असोज १९ । एमालेमा विलय हुने लक्षण देखाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ अफर आएको छ । तर, प्रचण्डले त्यो अफरलाई ठाडै अस्वीकार गरेर इमान्दारिता देखाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमाले लगायत अरु कुनै दलसँग नभई आफूसँग मात्र तालमेल गर्नुपर्ने र तालमेल पछि प्रचण्डलाई नै फेरि प्रधानमन्त्री बनाउँने ढिपी गरे ।

प्रचण्डसमक्ष यतिविध्न प्रस्ताव राखेका प्रधानमन्त्री देउवाले  पटक पटक काँग्रेससँग तालमेल गर्न अनुरोध गर्दा प्रचण्डले कुरै सुन्न मानेनन्, उल्टै ‘नो नो’ भन्दै पन्छिए ।

आगामी चुनावमा काँग्रेस–माओवादीले एकपटक फेरि तालमेल गरेर नयाँ झल्को दिने र नयाँ कार्यको थालनी गर्ने देउवाको भने मनसाय रहेको छ । तर, अध्यक्ष प्रचण्डले एमालेसँगको सम्बन्धलाई टुटाएर कुनै पनि हालतमा काँग्रेससँग तालमेल गर्न नसकिने प्रष्ट पारेका छन् । तर, पनि प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनावमा माओवादी–काँग्रेसको सहकार्य कति राम्रो देखिएको थियो भन्दै तालमेल गर्न अनेकाैं प्रलोभन देखाएपनि प्रचण्डले ‘नो’ भन्दै बहकिएका छन् ।

प्रधानमन्त्री देउवाले यतिमात्र होइन आगामी निर्वाचनको तालमेल पछि जसरी भएपनि प्रचण्डलाई प्रधानमन्त्रीको पगरी भिराउने बाचा खाइसकेका छन् । देउवाले अब बस्दै गरेको काँग्रेसको पार्टी बैंठकमा काँग्रेसकै गठबन्धनलाई दीर्घकालसम्म लैजाने र फेरि पनि प्रचण्डलाई तेस्रो पटक प्रधानमन्त्री बनाउँन प्रस्ताव पनि लगिसके । दशैँको अघिल्लो दिन (नवमीका दिन) प्रचण्डसँगको भेटघाटमा चुनावी तालमेल पछि फेरि पनि प्रधानमन्त्री बनाउँने प्रस्ताव गर्दा प्रचण्डले उल्टै अब उप्रान्त आफूसँग यस्तो कुरा नगर्न सुझाव दिँदै उनले नमानेको देउवाले बताए । ‘मलाई उहाँले यस्तो प्रतिक्रिया दिनुहोला भन्ने थिएन । तर, उहाँ त अन्तै बहकिइसक्नु भएको रहेछ । पछि पो थाहा पाए, उहाँ त शक्तिको दबाबमा गठबन्धन तोड्ने संकेत पो देखाउँदै हुनुहुँदोरहेछ ।’

तरपनि आफूले अझै केही नबितेको सम्झाउँदै फेरि पनि तालमेल गर्न पटक पटक आग्रह गरेको पनि देउवाले बताए । ‘तालमेल पनि गरौँ, फेरि प्रधानमन्त्री बनाउन हाम्रो पार्टी तयार छ । म पनि तयार छु । यसैगरि मैले प्रचण्डलाई भनेको हुँ । तर, प्रचण्डजीले गठबन्धन तोड्ने निर्णय गरेरै भेटन आउनुभएको रहेछ, मान्दै मान्नु भएन । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *