विश्व शिक्षक दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौ, असाेज १९ ।   आज ५१ औै विश्व शिक्षक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आव्हानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउने गरिएको छ।

नेपालका शिक्षकहरुले आफ्नो हकअधिकारको पक्षमा आवाज उठाउँदै यो दिवस मनाउने गर्छन् । स्थायी बाहेकका अरु धेरै शिक्षकले अझै पनि न्यूनतम तलब पाउन नसकेको शिक्षक संघ, संगठनको भनाई छ । देशभर झण्डै साढे तीन लाख शिक्षक कार्यरत छन् । तीमध्ये एकलाख ४७ हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् ।

अनसनरत गजुरेलको अवस्था गम्भीर बन्दै

यसैबिच आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै ९ दिन अघिदेखि आमरण अनशनमा रहनुभएका प्राध्यापक डा. महेशकुमार गजुरेलको स्वास्थ्य अबस्था गम्भीर हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय परिसरमा अनशन बस्नुभएका प्राध्यापक गजुरेलको स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेको बताइएको छ ।

करार गर्न पटक–पटक ज्ञापन पत्र, धर्ना र रिले अनशनलगायतका आन्दोलन गर्दा माग सुनुवाई नभएपछि गजुरेल बुधबारदेखि आमरण अनशन बस्नु भएको हो ।

यसैबिच नेपाल आंशिक प्राध्यापक संघले प्राध्यापक डा. महेशकुमार गजुरेलको जीवन रक्षा गर्न सरकारसंग आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *