न्युजिल्याण्डद्धारा पाकिस्तान ६१ रनले पराजित
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २२ । पाकिस्तान विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम न्युजील्याण्डले जित निकालेको छ । आज वेलिङटनमा वर्षाले प्रभावित खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई डिएल मेथडमा ६१ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको घरेलु टिम न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १५ रन जोड्यो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले एकदिवसीय खेलमा १०औं तथा समग्र क्रिकेटमा २७औं शतक प्रहार गरे। विलियमसनले टेस्ट क्रिकेटमा १७ शतक प्रहार गरिसकेका छन्।

३ सय १६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३०.१ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रन जोडेर ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित बनेको थियो। त्यसपछि खेल हुन नसक्दा पाकिस्तान डिएल मेथडमा पछि परेको हो।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








