अस्लिल भिडियो खिचेको भन्दै अष्ट्रेलियाबाट नेपाली युवकलार्इ देश निकाला (भिडियोसहित)

“
एजेन्सी । उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया गएका एक नेपाली युवा देश निकाला भएका छन्। २४ बर्षिय नेपाली नागरिक बिबेक गुरागाईले लेडिज शाैचालयमा गाेप्य क्यामरा राखेर महिलाहरूकाे गाेप्य भिडियाे खिचेर हेरेकाे अाराेपमा अष्ट्रेलियाबाट निकाला भएका हुन्। उनले अष्ट्रेलियाकाे एउटा सुपरमार्केटको लेडिज शाैचालयमा क्यामरा लगाएर राखेको र महिलाहरुको भिडियो खिचेर हेर्ने गर्ने गरेको पाईएको थियाे । यसरी अनाैठाे हरकत गर्दा उनले अष्ट्रेलियाको जेलमा ३ महिनाको सजाय समेत भाेगेका छन् ।
३ महिनाको सजाय सकिनासाथ उनलाई अष्ट्रेलियन सरकारले देश निकाला गरेकाे हाे । उनलाई लेडिज शाैचालयमा गाेप्य क्यामरा किन राखेकाे भन्दै प्रहरी अधिकारीले प्रश्न गर्दा उनले अाफुलार्इ यस्ताे काम गर्न नहुने थाहा भएपनि अाफुले अाफैलार्इ राेक्न नसकेकाे अचम्मको जवाफ दिएका थिए। उनकाे जवाफ सुनेर प्रहरी अधिकारी नै हैरान भएका थिए ।
एक मनाेचिकित्सकले गुरागार्इकाे अनाैठाे ब्यवहारलार्इ याैन मनाेराेग भएकाे हुन सक्ने बताए । उनलार्इ अष्ट्रेलियन प्रहरीले गत जुनमा प्रक्राउ गरेकाे थियाे । गुरागार्इले १८ र २३ वर्षका दुइ युवतिकाे शाैचालयबाट भिडियाे खिचेका थिए । प्रहरीले उनकाे माेवाइलबाट २५० भन्दा बढि त्यस्ता फायलहरू फेला परेकाे दावि गरेकाे छ । अष्ट्रेलियन सरकारले गुरागाईले आफुले गल्ती गरेको थाहा हुँदा पनि कुनै आत्मग्लानी नगरेको र पछि पुनः त्यस्तो हरकत गर्दा समस्या आउने ठानेर स्वदेश फर्काउने आदेश दिएको हो ।
हेर्नुहोस् भिडियो:
“








