कांग्रेस तनहुँबाट १०७ जनाको नाम सिफारिस

दमौली, असोज १८ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस तनहुँले १०७ जनाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहना राख्नेको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि स्थानीय तह र क्षेत्रीय कार्यसमितिको नाम संकलनका आधारमा जिल्ला कार्यसमितिले निर्णय गरी १०७ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाइएको कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ तनहुँ क्षेत्र नम्बर–१ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र सांसद रामचन्द्र पोख्रेललगायतको नाम सिफारिस गरिएको उनले बताए ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सांसद एवं नेपाली कांग्रेस संसदीय दलका सचिव ध्रुव वाग्ले, केन्द्रीय सदस्य प्रदीप पौडेल, तरुण दलका पूर्वमहामन्त्री पुष्पराज पराजुली, कांग्रेस तनहुँका उपसभापति जीतप्रकाश आलेलगायतको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =