पार्किङमा राखिएको जहाजमा धुवाँ निस्कियो

काठमाडौं,  असोज १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको इथियोपियन एयरको जहाजमा एक्कासी धुवाँ निस्किएको छ ।

शान्ति सेनामा जाने नेपाली सेना लिन आएको बोइङ ७६७–३०० जहाजको अक्जिलरी पावर युनिट (एपीयू)मा धुवाँ निस्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

धुवाँ के कारणले निस्किएको हो भन्ने थाहा हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार आवश्यक मर्मत र अनुसन्धानपछि जहाज उडिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *