पोखरा सडक महोत्सव हुने

पुस ९, पोखरा । आगामी विहिबार देखि १९ औ पोखरा सडक महोत्सव हुने भएको छ । रेण्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवानले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरि महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

रेवानले १८ बर्ष देखि पोखरामा अग्रेजी नया बर्षको अवसर पारेर पोखरा सडक महोत्सव गर्दै आएको छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु राखिनुको साथै लोपउन्मुख सांस्कृतिक कार्यक्रकमहरु पनि बाटोमै बनाईएका स्टेजहरुमा प्रर्दशन गरिने छ ।

त्यसैगरी विभिन्न मनोरञ्जनात्मक खेलकुद, हस्तकला, वृत्तचित्र प्रर्दशनी, लाईभ कन्सर्ट तथा लोक दोहोरी प्रस्तुत गरिने छ । १३ गते देखि सुरु भएको महोत्सव १७ गते सम्म चल्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =