काठमाडौंमा विहानै भूकम्प, महाभुकम्पपछि ४ सय ८६ पटक पराकम्प

काठमाडौं, असोज १८ । काठमाडौंमा आज बिहानै भूकम्प गएको छ  । बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

पराकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशूस गरिएको थियो ।

यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै पराकम्प रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म ४ सय ८६ पटक पराकम्प गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =