नारायणी अस्पतालमा विरामीलाई दर्दनाक सास्ती: कमिसनमा लिप्त कर्मचारी र औषधि पसले

काठमाडौं, असोज १८ । शय्या अभाव, कर्मचारीबीच किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण वीरगन्स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा विरामीले सास्ती खेप्नु परिरहेको छ ।

औषधि व्यवसायीको मिलोमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मेगौलासम्बन्धी रोगबाट पीडितहरु एउटै शइयाामा बसेर डायलासिस गराउन बाध्य छन् ।

मृगौलाका विरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले अन्य रोग सर्ने सम्भावना बढी हुने अस्पतालका डाक्टर तथा नर्सहरुनै बताउँछन् ।
तर, विरामीलाई उचित सेवा दिन अस्पतालन प्रशासनले गम्भीरता देखाएको छैन ।

अस्पतालमा विरामीले दुःख पाउने कारण नै अस्पतालको व्यवस्थापकीय बेवास्ता रहेको देखिएको छ ।
अस्पतालका कर्मचारी र औषधि पसले मिलेर औषधि र उपचारका अन्य सामग्रीमा कमिसन खाने प्रवृत्तिले विरामीलाई सास्ती भोगिरहेका छन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *