देशको जन्मकुण्डलीमा देशभक्त वामपन्थीको सरकार बन्ने लेखेको छ : ओली

काठमाडौं, असोज १७ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालमा देशभक्त वामपन्थीको सरकार बन्ने बताउनुभएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बिच चुनावी तालमेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त वामपन्थी सरकार बन्ने लेखेको भन्दै यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

उहाँले यो गठबन्धनले साधारण बहुमत पाउने निश्चित जस्तै भइसकेकाले अब दुई तिहाई बहुमत ल्याउनेतर्फ ध्यान केन्द्रित गर्ने बताउनुभयो । ‘साधारण बहुमतको कुरा त होइन हाम्रो ध्यान दुई तिहाइतिर छ’ ओलीले व्यंग्यात्मक रुपमा भन्नुभयो ‘मलाई डर छ अब निद्राका टयाब्लेटहरु धेरै बिक्ने हुन् कि ।’

उहाँले मंसिरपछि बन्ने सरकारले देशलाई विकासको बाटोमा अघि बढाउने र सुशासन ल्याउने भएकाले कोही पनि डराउन र आत्तिन नपर्ने बताउनुभयो । नयाँ सरकारले दुवै छिमेकी देशसँग समान सम्बन्ध कायम गर्ने पनि उहाँले बताउनुभयो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =