आन्तरिक उडानमा जहाज थप्दै नेपाल वायु सेवा निगम
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक व्यवस्थापनमा जुटेको निगमले जनाएको छ ।
हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईवटा विमान ल्याउँदैछ । अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

निगमले थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्र्याएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








