लोक सेवाद्वारा ८० सहसचिव र २६९ उपसचिव माग
२०७४ जेठ १५ गते

असाेज २५, काठमाडौँ । लोक सेवा आयोगले ८० सहसचिव र २६९ जना उपसचिव माग गरेको छ । आयोगले विगत केही वर्षको तुलनामा बढी आवेदन माग गरेको हो ।
कर्मचारी समायोजन विधेयक २०७४ पारित भएको ४ दिनपछि आयोगले राजपत्रांकित प्रथम र द्धितिय (सहसचिव र उपसचिव) पदमा आवेदन दिन आग्रह गर्दै भर्ना आह्वान गरेको हो ।

व्यवस्थापिका संसद् बैठकबाट यही असोज २१ गते पुरानो दरबन्दीमा नयाँ विज्ञापन गर्न पाउने व्यवस्था गरी विधेयक पारित गरेपछि आयोगले आज भर्ना आह्वान गरेको हो ।
आयोगले अप्राविधिक तथा प्राविधिक तथा स्वास्थ्य सेवाका लागि ११ औँ र नवौँ तहका लागि आन्तरिक प्रतिस्पर्धा, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको छ । विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीमा गरिएको विज्ञापनको लिखित परीक्षा कार्यक्रम फरक फरक मितिमा राखिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








