पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने: मौसमविद्
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १७ । मनसुन सकिन लागेकाले अबको एक दुई दिन पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । पूर्वी नेपालबाट मध्य क्षेत्र हुँदै पश्चिमसम्म फैलिएको मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने भएकाले अबको केहिदिन पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
उहाँका अनुसार पश्चिममा भने क्षणिक वर्षाको संभावना छ । सामान्यतया जेठ १० गते सुरु हुने मनसुन असोज ७ गते सकिन्छ । तर केहिवर्षयता मनसुन लम्बिदै गएको छ । यो वर्ष दुई दिन ढिला गरि जेठ १२ गते सुरु मनसुन सकिन अझै केहिदिन लाग्ने अनुमान गरिएको मौसमविद् प्रधानाङगले बताउनुभयो । उहाँका अनुसार आज पूर्वी नेपालको मौसम सामान्यतया बदली भइ पानी पर्नेछ भने अरु ठाउँमा आशिंक बदली हुनेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








