लस भेगास गोलीकाण्डः मृत्यु हुनेको संख्या ५० पुग्यो, ४०० जना घाइते

असोज १६ – (अपडेट) अमेरिकाको लस भेगासमा अन्धाधुन्ध प्रहार हुँदा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । घटनामा घाइते हुनेको संख्या पनि चार सय जनाभन्दा धेरै घाइते भएको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

होटल ३२ औँ तलबाट आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको प्रत्यदर्शीले बताएका छन् । लस भेगास प्रहरीले घटनामा संलग्न एकजना मारिएको बताएको छ । आक्रमणकारीको नाम स्टीफन म्याडोक रहेको प्रहरीले जनाएको छ । उनी ६४ वर्षका स्थानीय बासिन्दा हुन् । घटनामा ज्यान गुमाउनेमा सांगीतिक कार्यक्रमका सहभागी तथा ड्युटी सकायका प्रहरी अधिकारी बढी छन् । ज्यान गुमाउनेको परिचय अहिलेसम्म खुलाइएको छैन । घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइहेको छ । अमेरिकाको इतिहासमा यो अहिलेसम्मकै ठूला गोली काण्ड मध्ये एक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *