नेपाल र भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एकैपटक बाघ गणना गरिने
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १६ । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको जानकारी दिनुभयो ।
नेपाल र भारतका अधिकारीबीच हालै सम्पन्न बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय भएको खड्काले जानकारी दिनुभयो । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो क्षेत्र बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काले बताउनुभयो ।यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








