बाँकेमा भएको गाडी दुर्घटनामा एकको मृत्यु, २३ घाइते
२०७४ जेठ १५ गते

“
बाँके, असोज १६ । नेपालगन्जमा बस र ट्रक एक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ती मध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज–गुलरिया सडकखण्डको नन्दनी मिल नजिकै ना ४ ख १०९४ नम्वरको बस र ना २ ख ९३६० नम्वरको ट्रक एक आपसमा ठोक्किंदा बसमा सवार भारतीय नागरिक रुपैडियाका ६० बर्षिय राममनरथ शर्माको मृत्यु भएको हो ।
नरसिंह होममा उपचार गराइरहेका गम्भीर घाइते मध्ये ट्रक चालक नेपालगन्ज १९ बसपार्कका ३४ बर्षिय राजकुमार परियारलाई गएराती नै थप उपचारका लागि भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ । नेपालगन्जबाट गुलरियातर्फ जांदै गरेको बस र विपरित दिशाबाट आइरहेको ट्रक गएराती ११ बजेतिर ठोक्किएको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








