दशैं मनाउन गएकाहरु फर्किन थालेसंगै काठमाडौंमा चहलपहल बढ्न थाल्यो

काठमाडौं, असोज १५ । दशैं मनाउन घर फर्किएका सर्वसाधारण टीका सकिए लगत्तै काठमाडौं फर्कन थालिका छन् ।

काठमाडौंबाट नजिकैका धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लाबाट सर्वसाधारण काठमाडौं फर्किन थालेका हुन् ।

टीकाको दिन सुनसान देखिने काठमाडौंमा सवारी साधन केही बाक्लो गरी गुड्न थालिसकेको छ ।

बाहिरी जिल्लाबाट राजधानी भित्रने नाकाको रुपमा रहेको कलंकीमा पनि सवारी साधनको चाप बढ्न थालेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =