नेपाल चिकित्सक सङ्घको आन्दोलन फिर्ता

असोज १४, काठमाडौँ । सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि नेपाल चिकित्सक सङ्घले आन्दोलन स्थगित गरेको छ ।

शुक्रवार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री शेर बहादुर देउवाले सङ्घले उठाएको माग सम्बोधन गर्दै चिकित्सकलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने प्रतिबद्धता जनाएपछि सङ्घले तत्काललाई आन्दोलन स्थगित गरेको हो ।
चिकित्सकहरुमाथि हातपात भइरहेको र सुरक्षाको महसुस नभइरहेका बेला सरकारले स्वास्थ्य सेवा विधेयकमा उल्लेख गर्न लागेको प्रावधानले झनै त्यसप्रकारका घटनालाई बल पुर्याएकाले सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग सङ्घले उठाउदै आएको थियो ।

वार्तामा प्रधानमन्त्री देउवाले चिकित्सको पूर्ण सुरक्षाका लागि आफूले जस्तोसुकै कदम चाल्ने प्रतिबद्धता जनाएको र मन्त्रीपरिषद्को निर्णय पनि सच्चिएर आएकाले आन्दोलन स्थगित गरिएको सङ्घका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए । ‘सरकारले चिकित्सकहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति र चरम लापरवाहीका कारण बिरामीको बिरामीको मृत्यु वा अंगभंग भएमा त्यसको भरपाई चिकित्सकबाट गराउने व्यवस्था सहितको स्वास्थ्य सेवा विधेयक सच्याउने निर्णय गरेकोले हामीले आन्दोलन फिर्ता लिएका हौँ ।’ अध्यक्ष श्रेष्ठले भने ।

मन्त्रीपरिषदको असोज २ गतेको बैठकले चिकित्सको चरम लापरवाहीका कारण बिरामीको बिरामीको मृत्यु वा अंगभंग भएमा त्यसको भरपाई चिकित्सकबाट गराउने व्यवस्था सहितको स्वास्थ्य सेवा विधेयक बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन दिएको थियो । सो निर्णय सच्याईएपछि चिकित्सकले तत्काललाई आन्दोलन स्थगित गरेका हुन् ।

मन्त्रीपरिषद्ले गरेको निर्णयको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रेपछि असोज २ गते देखि मुलुकभरको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *