बारा ३ मा यादव विजयी, प्रदेश (ख)मा फोरमकै साह विजयी

मङ्सिर २४, बारा । बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका फरमुल्लाह मंसुरलाई हराउँदै सङ्घीय समाजवादी फोरम नेपालका रामबाबु कुमार यादव विजयी हुनुभएको छ ।

यादवले २१ हजार ३३६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अध्यानन्द पाण्डेयले १६ हजार ३६२ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेसका फरमुल्लाह मंसुरले १६ हजार २६ मत मात्र प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभएको छ ।

त्यसै गरी निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख)मा सङ्घीय समाजवादी फोरम नेपालका पारस साहले विजयी प्राप्त गर्नुभएको छ । साहले ११ हजार ५१७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकाका जयचन्द्र चौरसियाले चार हजार ३८६ मत प्राप्त गर्नुभएको छ । वाम गठबन्धनका एमसमिल्लाहले तीन हजार ४३० मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =