बडादशैंको अवसरमा राष्ट्रपतिद्वारा ४५६ कैदीहरुको सजायँ माफी

काठमाडौ,१३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी दिएकी छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिएकी हुन् ।

असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ४५६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहन प्रसाद वाग्लेले जानकारी दिएका छन् ।

संविधानको धारा २७६ अनुसार सजायँ माफी दिइएको वाग्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *