ताप्लेजुङमा आगलागी
२०७४ जेठ १५ गते

ताप्लेजुङ, माघ ९ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ। अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्।
फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइनस्थित डिकबहादुर खवासको घर तथा मतान जलेर नष्ट भएको हो। आगलागीको कारण खुलेको छैन। आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो नियन्त्रणमा नआए डिकबहादुरका भाई दिलबहादुरको घरसमेत जोखिममा रहेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगो नियन्त्रणमा लिने प्रयास भइ रहेको बताए। अरु बिवरण आउन बाँकी रहेको छ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








