अाज विश्व मुटु दिवस मनाईंदै

काठमाडौं, असोज १३ । आज विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । ‘आफूले  जानेको कुरा अरुलाई सिकाआैँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । आज औपचारि दिवस परेपनि नेपालमा एक हप्ता अघिदेखिनै मुटु सम्ब्न्धित जनचेतना जगाउन कार्यक्रम भइरहेका छन् ।

आफूले जानेका कुरा अरुलाई भन्ने गरेमा मुटु रोगको जोखिम कम हुन सक्ने भएकाले यो नारा तय गरिएको हो । नेपालमा हरेक वर्ष मुटुका रोगी बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल लगायत विकासोन्मुख देशमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २४ देखि २५ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।

डाक्टरका अनुसार चुरोट र सुर्ती तथा जाँड रक्सी नखने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिने पाटन हार्ट क्लिनक मेडिकल डाइरेक्टर मुटु रोग विशेषज्ञ डाक्टर कृष्णकुमार श्रेष्ठले बताउनुभयो । वर्षमा एक पटक मात्र भए पनि स्वास्थ्य जाँच गराए मुटु, मिर्गौला, कलेजो जस्ता महत्वपूर्ण अंगलाई रोग लाग्नबाट जोगाउन सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *