बेफुर्सदिला रेष्टुरेण्टहरु : दशैँ होस् या तिहार सँधै व्यस्त

“
काठमाडौँ, असोज १२ । दशैंमा काठमाडौं सुनसान बन्छ।उपत्यका प्राय सबै पसल र रेष्टुरेन्ट बन्द हुन्छन्।उपत्यकाबासीका लागि घर वाहिर गएर खानका लागि समस्या नै हुन्छ।
तर उपत्यकाका केही त्यस्ता रेष्टुरेन्ट छ जुन दशैका बेलामा पनि खुल्छ। ती रेष्टुरेन्ट ३६५ दिननै खुल्छन्।काठमाडौंका केन्टुकी फ्राइड चिकेन(केएफसी),थर्ड आर्इ,हट ब्रेड र नर्थफिल्ड क्याफे दशैंमा खुल्छ।केएफसीका व्यवस्थापक दिनेश श्रेष्ठले वन्द , हड्ताल, प्राकृतिक प्रकोप लगायतका समयवाहेक केएफसी खुल्ने बताए।
‘दशैंमा पनि हाम्रो आउटलेख खुल्ला रहन्छ’उनले बिजमाण्डूसँग भने,बहुराष्ट्रिय कम्पनी भएकोले हामीले त्यही प्रावधान अनुसार आउटलेट चलाउनुपर्छ।’ठमेलमा रहेको नर्थफिल्ड क्याफे समेत दशैंतिहारमा खुल्लै हुन्छ।नर्थफिल्ड क्याफेका कर्मचारीका अनुसार भूकम्पको समयमा पनि सेवा निरन्तर दिइएको थियो।चाक्सीबारीमा रहेको थर्डआइ रेष्टुरेन्ट दशैंको समयमा खुल्ला हुन्छ।रेष्टुरेन्टकी वेट्रेस सरिता लामाले दशैंको टिकाको दिनमा बेलुका १० बजेदेखि १० बजेसम्म खुल्ने बतार्इन्।
“








