​सोलुखुम्बुको तेन्जिङहिलारी विमानस्थलमा सिजनकै धेरै उडान

“सोलुखुम्बु, असोज १२ । सोलुखुम्बुको तेन्जिङहिलारी विमानस्थलमा वुधबार यो सिजनकै सबैभन्दा बढि हवाई उडान भएको छ । मौसम खराबीका कारण नियमित उडान हुन नसकेको विमानस्थलमा मौसम सुधार भएसँगै वुधबार एकदिनमै ३५ उडान भएका हुन् ।

वुधबार तारा एयरको २०, सिता एयरको १० र गोमा एयरको ५ वटा उडान भएका हुन् । मौसममा आएको समस्याका कारण केहि दिन यता उडान हुन नसक्दा खुम्बु क्षेत्रमा भित्रने र फर्कने पर्यटक विमानको पखाईमा बसेका थिए ।  वुधबार ३५ उडान भएसँगै ४ सय ९५ विदेशी पर्यटकहरु खुम्बु भित्रिएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *