पोखरामा आयोजित शिविरमै आङखस्ने समस्या भएका महिला भेटिए

पोखरा, १९ माघ । नेपालको दोस्रो ठुलो रानधानी र मानव सूचांकको आधारमा साक्षरता दर उच्च भएको पोखरामा महिलाहरूमा आङ खस्ने समस्या देखिएको छ ।

पोखरा लेखनाथ महानगर पालिकाले पोखरामा आयोजना गरेको स्वास्थ्य शिविरमा आङ खस्ने समस्या भएका बिरामी भेटिएका हुन् ।


महानगरपालिका र जनप्रिय अस्पतालद्धारा संयुक्तरुपमा आयोजित शिविरमा आएका महिलाहरूको परीक्षणमा आङ खस्ने समस्या देखिएको स्वास्थ्य कर्म गीता ढकालले बताइन् । महिलाहरूको स्तन तथा पाठेघरका समस्या सम्बन्धी सचेतना तथा स्क्रिनीङ्ग जाँच शिविरमा आङ खस्ने समस्या भएका ६ जना महिलाहरू भेटिएको उनले जानकारी दिइन्।


ढकालका अनुसार शिविरमा उपचारार्थ आएका २ जना महिलाहरूको भिआए टेस्ट गर्दा पोजेटिभ देखिएको छ। बिहीबार सम्पन्न शिविरमा पोखराका विभिन्न ठाउँबाट आएका १ सय ७२ जना महिलहरुले परीक्षण गराएका थिए ।

शिविरको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिकाकी उपमेयर मन्जु गुरुङले महिलाहरूमा पाठेघर र स्तनको क्यान्सर बढी हुने गरेको बताउँदै बेलैमा सचेत रहनु पर्ने बताइन् । उनले यस्ता शिविरहरू अन्य ठाउँमा पनि राख्नु पर्ने बताइन् ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ तथा जनप्रिय अस्पतालका डाक्टर यज्ञराज सिग्देलले महिलाहरूले बालबालिकालाई स्तनापान नगराउँदा बढी मात्रामा स्तनको क्यान्सर हुने गरेको बताए ।

उनले ६ महिना सम्म बालबालिकालाई स्तनपान गराउन सुझाव दिए । उनले जनप्रिय अस्पतालमा आगामी दिनमा पनि यस्ताखाले शिविर राख्ने बताए ।

शिविरमा स्त्री रोग विशेषज्ञ प्रेम पगेनी र अन्य स्वास्थ्यकर्मिहरुले परीक्षण गरेका थिए । कार्यक्रम पोखरालेखनाथ महानगर पालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बरालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =