उग्र भयो धनकुटामा राजधानी माग्ने आन्दोलन, अनिश्चितकालीन कर्फ्यू जारी

धनकुटा, माघ ४ । प्रदेशको राजधानी विराटनगर तोकिएपछि धनकुटामा आन्दोलन चर्किएको छ । अनिश्चितकालिन धनकुटा बन्द गरेका जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधन र बजारमा तोडफोड गर्न थालेपछि प्रशासनले अनिश्चितकालिन कफ्र्यु लगाएको छ । स्थानीय प्रशासनले बजारमा माईकिङ गरेर कर्फ्यू लगाएको हो ।
आनदोलनकारी तोडफोड र आगजनीमा उत्रिएपछि कर्फ्यू लगाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

प्रहरी र आन्दोलनकारी बिच धनकुटाको भिमनारायण चौक, मदनचौक र क्षेत्रीय प्रशासन कार्यालयमा झडप भएको छ। झडपमा परेर नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई सहित ७ जना घाईते भएका छन्। राईको टाउकामा ५ टाँका लगाएको छ।
आन्दोलनकारीले धनकुटामा क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाएका छन् । पेट्रोल छर्केर आगो लगाउँदा कार्यालयको फर्निचर, कम्प्युटर र कागजपत्र जलेको छ। त्यसैगरी जिल्ला मालपोत कार्यालय, हुलाक कार्यालय, उच्च अदालत विराटनगरको धनकुटा बेन्च कार्यालय, सरकारी वकिल कार्यालय र शहरी विकास कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलनकारीले ती कार्यालयको भित्र पसेर सबै सिसा र फर्निचर तोडफोड गरेका छन्।
त्यसैगरी आन्दोलनकारीले आगो निभाउन हिडेको धनकुटा नगरपालिकाको दमकल र दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका गरेका छन्। ती गाडीको सवै सिसा फुटाएका छन्। त्यसैगरी शहरी विकास कार्यालयको प्राङगणमा रोकेर राखेको को१ब १०६४ नम्बरको मोटरसाईकल आन्दोलनकारीले जलाईदिएका छन्।
यातायात र बजार बन्द गराउँदै हिंडेका आन्दोलनकारीले रोकेर राखेको गाडी र पसलमा तोडफोड गरेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि धनकुटामा थप तनाव सुरु भएको थियो।
आन्दोलनकारीहरुले बिहान साढे ८ बजे तिर धनकुटा बजार बन्द गराउँदै हिंडेपछि जिल्लाको प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारी आफै गाडी लिए आन्दोलनकारीलाई पक्राउ गर्न आएका थिए। उग्र भएका आन्दोलनकारीहरुले एसपी चढेर आएको ना। १ झ १३१४ नम्बरको गाडी तोडफोड गरेका थिए।
घट्ना पछि धनकुटामा ठुलो समुहमा सुरक्षाकर्मी परिचालन गरिएको छ। धनकुटालाई प्रदेश नं। १ को राजधानी बनाउन ३४ दिनबाट जारी आन्दोलन र आम हडतालका कारण जनजीवन प्रभावित भएको छ। बुधबार सरकारले प्रदेश नं। १ को अस्थायी राजधानी बिराटनगर तोकेपछि धनकुटाको आन्दोलन थप उग्र बनेको हो । आन्दोलनको कारण कोसीराजमार्गको धनकुटामा यातायात बन्द रहेको छ।








