रोनाल्डोको भन्दा मेस्सीको कमाई दोब्बर !

एजेन्सी । अर्जेन्टिनाका सुपर स्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोनासँग नयाँ सम्झौता गरेसँगै हरेक वर्ष १०० मिलियन युरो कमाउने गरेको खुलेको छ । उनले अब सन् २०२१ सम्म क्लबबाट वार्षिक १०० मिलियन लिनेछन् ।

फुटबल लिक्सले गरेको खुलासा अनुसार बार्साले चार सिजनमा मेस्सीलाई ४०० मिलियन युरो तिर्नेछ । मेस्सीको यो कमाई आफ्ना प्रतिष्पर्धी रियल मर्डिडका क्रिष्टियानो रोनाल्डोको भन्दा दोब्बर हो । मेस्सी अहिले ३० वर्षका भए । उनी अझै १ पटक राष्ट्रिय टोली र ४ वर्ष क्लब फुटवलमा रहन सक्छन् ।

फुटबल लिक्सका अनुसार पेरिस सेन्ट जर्मेनका नेयमारले भने लगभग ३७ मिलियन युरो पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =